पर्वतका सबै उम्मेदवार योग्य
पर्वत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु विरुद्ध उजुरी परेको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने भएको छ ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पर्वतमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो ।
मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेलका अनुसार उम्मेदवार विरुद्ध उजुरी नपरेपछि १३ राजनीतिक दलका तथा चार स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । अब पर्वतमा मनोनयनपत्र दर्ता गरेका सबै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
पर्वतमा नेपाली कांग्रेसवाट अर्जुनप्रसाद जोशी, नेकपा (एमाले) बाट पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीबाट मनहरि शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसालले मनोनयनपत्रदर्ता गरेका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाबहादुर मल्ल, नेपालमजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णबहादुर विक, आमजनता पार्टी (एकल चुनाव चिह्नबाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भीमलाल न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट मायापाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यमबहादुर चोचाङ्गी पुन, मङ्गोल नेशनल अर्गनाईजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीरबहादुर गुरुङ मनोनयन पत्र दर्ता गरेका थिए ।
यसैगरी स्वतन्त्रबाट सीतादेवी शर्मा, सावित्रि शर्मा, मिना पौडेल शर्मा र गङ्गालाल रिमालले मनोनयन पत्र दर्ता गरेका थिए । शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिए। पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण