शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : प्रचण्डकाे आँट, ‘दाग’ बोकेरै मैदानमा उम्मेदवार, रास्वपालाई चुनौती

बिहीबार, ०८ माघ २०८२, २२ : ०२
बिहीबार, ०८ माघ २०८२

आज २०८२ माघ ८ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • प्रचण्डकाे आँट 

‘१२ वर्षपछि खोलो पनि फर्किन्छ’ भन्ने चर्चित उक्ति यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (साबिक माओवादी केन्द्र सहित) को हकमा चरितार्थ भएको छ । 

कोशी प्रदेशमा आसन्न निर्वाचनको सरगर्मी बढेको छ । यसपटकको निर्वाचनमा पनि कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । 

  • कांग्रेसले नयाँ उम्मेदवार उठाउँदा रास्वपालाई चुनौती

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा २८ जना उम्मेदवार बनेका छन् । 

  • चुनावमा कलाकर्मी 

आउँदो २१ फागुनमा हुने निर्वाचनमा नेपाली कला क्षेत्रको सक्रियता लोभलाग्दो देखिएको छ। सुशासन र देश निर्माणको नारा बोकेर थुप्रै कलाकर्मी प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार बनेका छन्। अधिकांश कलाकर्मी राजनीतिक दलबाट नै उम्मेदवार बनेका हुन्।

  • ‘दाग’ बोकेरै मैदानमा उम्मेदवार

फौजदारी कसुरमा गम्भीर प्रकृतिको मुद्दा लागेका उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । भ्रष्टाचार मुद्दादेखि सम्पत्ति शुद्धीकरण र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइसकेकाहरू प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । 

  • रेशम चौधरीको उम्मेदवारी खारेज

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं। १ मा उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको मनोनयन बिहीबार खारेज भएको छ ।

  • मन्त्रिपरिषद् बैठक निर्णय 

सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।

  • अदालत 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पेसी तोकेर पनि आज सुनुवाइ हुन सकेन ।

याे पनि  

  • प्रदेश समाचार 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समावेशिताको वकालत गरेर कहिल्यै थाक्दैनन् । उनी समानुपातिकदेखि समावेशिता यो देशमा ल्याउने माओवादी नै हो भन्छन्, तर कर्णालीमा प्रतिनिधि सभा उम्मेदवार छनोटमा भने नेकपाबाट एक जना पनि महिला नेतृले टिकट पाएनन् ।

  • खेलकुद  

बंगलादेशले भारतमा हुने आगामी टी–२० विश्वकप खेल्न अस्वीकार गरेको छ ।

याे पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप