प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्: उपराष्ट्रपति
सारांश
- उपराष्ट्रपति यादवले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरे।
- उनले वसन्त पञ्चमीले सहकार्य, सद्भाव र एकताको भावना बढाउने बताए।
- उपराष्ट्रपतिले यस पर्वको धार्मिक र सांस्कृतिक महत्वबारे प्रकाश पारे।
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले भने, “नेपालको गणतन्त्रात्मक संविधानले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविध वेशभूषालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाएको छ, वसन्त पञ्चमीले आपसी वैमनस्यता विसर्जन गरी सहकार्य, सद्भाव र ज्ञानमार्गमा अघि बढ्न सबैलाई प्रेरित गर्दछ, वसन्त पञ्चमीले प्रेम, मेलमिलाप र एकताको भावना प्रवर्द्धन गर्दै सकारात्मक सोच, ऊर्जाशील जीवनशैली र नयाँ खोजतर्फ अग्रसर हुन सबैलाई प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले वसन्त पञ्चमीको अर्को विशेषता यसको सर्वधर्म स्वीकार्यता भएको उल्लेख गर्दै हिन्दु धर्मावलम्बीहरूले देवी सरस्वतीको पूजा गर्ने, बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीको आराधना गर्ने, मुस्लिम समुदायले सुफी वसन्तका रूपमा मनाउने परम्परा यस पर्वलाई बहुधार्मिक उत्सवका रूपमा स्थापित गर्ने पनि बताएका छन् ।
विद्या, विवेक, कला र सङ्गीतकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने परम्परा यस पर्वको मूल सार भएको बताउँदै उनले भनेका छन्, “शैक्षिक संस्थानहरूमा साङ्गीतिक कार्यक्रम तथा पूजाअर्चना गरिनुले ज्ञान र संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो, यस दिन पुस्तक, कलम, वाद्ययन्त्र आदिको पूजा गर्ने परम्पराले अध्ययन–अभ्यासमा प्रयोग हुने साधनलाई आदर गर्नुपर्ने सन्देश दिन्छ, अभिभावकहरूले बालबालिकाको अक्षरारम्भ गर्ने परम्परा पनि यस पर्वको विशेषता हो ।”
देशभरका सरस्वती मन्दिरहरूमा मेला लाग्ने, सार्वजनिक पण्डालमा सामूहिक पूजा गर्ने, भजनकीर्तन तथा वसन्त श्रवण गरिनुले हाम्रो मौलिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने विश्वास गर्दै उनले देवी सरस्वतीको प्रतिमाको विसर्जनसँगै हुने धार्मिक झाँकीहरूले मौलिक संस्कृतिको जगेर्ना गर्न प्रेरणा दिने बताएका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वलाई श्रीपञ्चमीका रूपमा पनि मनाइन्छ, जसले कृषिसँग सम्बन्ध जोडेको छ, मधेसमा हलो पूजा गर्ने तथा कृषिश्रमिकलाई सम्मान गर्ने परम्परा मौलिक संस्कृतिको जीवन्त उदाहरण हुन्, आधुनिकताले केही परम्परा कमजोर भए पनि यसको पुनर्जीवन आवश्यक छ, किनभने कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण