राष्ट्रिय सभालाई जनताको भावना र अपेक्षा अनुसार सञ्चालन गर्छौँ : अध्यक्ष दाहाल
सारांश
- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई कामकाजी बनाउन दलहरूको सहयोगको अपेक्षा राखे।
- उनले सांसदहरूलाई सभाको गरिमा बढाउन र कानुन निर्माणमा ध्यान दिन आग्रह गरे।
- अध्यक्ष दाहालले सरकारका कामकारबाहीलाई जनमुखी बनाउन खबरदारी गर्ने बताए।
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी र उपलब्धिमूलक बनाउन सबै राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिँदै उनले सभालाई जनताको भावना र अपेक्षा अनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। जनताका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी कानुन निर्माणको कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ। ‘सबै राजनीतिक दलहरूले यो अधिवेशनलाई सफल बनाउन आवश्यक सल्लाह र सहयोग गर्नेछन् भन्ने विश्वास लिएको छु,’ दाहालले भने।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले सभाको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने नेपाल सरकार लगायतका निकायलाई धन्यवाद समेत दिए। उनले राष्ट्रिय सभाले केवल कानुन निर्माण मात्र नभई सरकारका कामकारबाहीलाई जनमुखी र प्रभावकारी बनाउन समेत महत्वपूर्ण खबरदारी र भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। सभाको गरिमा अभिवृद्धि नै आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उनले १९ औँ अधिवेशनको पूर्ण सफलताको कामना गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण