‘भन्सारमा सुशासनका लागि पात्र र पद्धति दुवै सुधारिनुपर्छ’
सारांश
- राजस्व सचिव डा. भूपाल बरालले भन्सार प्रशासनमा सुशासनको लागि सुधार आवश्यक रहेको बताए।
- भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले व्यापार सहजीकरण भन्सारको पहिलो प्राथमिकता भएको बताए।
- कार्यक्रममा सहभागीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सुधारमा जोड दिए।
काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव डा. भूपाल बरालले पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सार प्रशासनमा सुशासनको प्रत्याभूति हुने बताएका छन् ।
७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट सङ्घ काठमाडौँद्वारा शुक्रबार आयोजित ‘राजश्व सुरक्षा र व्यापार सहजीकरणमा त्रि.वि. भन्सार कार्यालय, निजी क्षेत्र तथा भन्सार एजेन्टबिच साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सचिव बरालले भन्सार सुधारका लागि भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै उत्तिकै जिम्मेवार रहनुपर्नेमा जोड दिए ।उनले भन्सार जाँचपासका क्रममा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले भन्सार प्रशासनको पहिलो प्राथमिकता व्यापार सहजीकरण भएको बताए । उनले भन्सारमा देखिएका समस्याहरू समाधान गर्दै नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्न विभाग निरन्तर लागि परेको उल्लेख गरे ।
सो अवसरमा उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ तथा नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्टबिचको सहकार्यले मात्र देशको राजस्व सङ्कलनमा वृद्धि हुने बताए । उनले वैध व्यापार सहजीकरणमा राज्य थप जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले कार्यालय सुधारका लागि सकारात्मक पहल गरिरहेको बताए । उनले जनअपेक्षा बमोजिमको भन्सार कार्यालय बनाउन सबै सरोकारवाला पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
भन्सार एजेन्ट सङ्घ काठमाडौँले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सुधार तथा व्यापार सहजीकरणमा त्रिपक्षीय भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण