हल्लाको पछि नलाग्न आशिकाको आग्रह
शुक्रबार, ०९ माघ २०८२, १४ : ३६
सारांश
- आशिका तामाङले धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता नलिने बताएकी छिन्।
- उनले सामाजिक सञ्जालमा आफू चुनाव जित्न उठेको र हल्लाको पछि नलाग्न आग्रह गरिन्।
- निर्वाचन अधिकृतले भने तामाङले उम्मेदवारी फिर्ताका लागि सम्पर्क गरेको बताएका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता लिन नलागेको बताएकी छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू चुनाव जित्न उठेको भन्दै हल्लाका पछि नलाग्न भनेकी हुन् ।
साथै उनले उम्मेदवारी फिर्ता नभएर जनताको प्रतिनिधि बनेर आउने बताएकी छन् । यद्यपि, धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले आशिका तामाङले फोन र इमेलबाट उम्मेदवारी फिर्ताका लागि सम्पर्क गरेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण