कृष्णमोहनलाई दर्ज्यानी चिन्ह लगाएको क्षण अझै ताजा छ : राष्ट्रपति पौडेल
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र प्रहरी बल २५औँ वर्षमा प्रवेश गर्दा सङ्गठन परिपक्व भएको बताए।
- उनले सशस्त्र प्रहरी बल स्थापना गर्दाको क्षण र तत्कालीन राजासँगको कुराकानी स्मरण गरे।
- पौडेलले सशस्त्र प्रहरी राष्ट्रप्रतिको निष्ठाको उदाहरण भएको र विपद् तथा निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफू गृहमन्त्री हुँदा स्थापना भएको सशस्त्र प्रहरी बल २५ औँ वर्षमा प्रवेश गरेसँगै सो सङ्गठन परिपक्व भएको बताएका छन् ।
सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित २५ औँ स्थापना दिवस तथा रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘आजसम्म आउँदा यो सङ्गठन परिपक्व भएको महसुस गरेको छु ।’
२०५७ मा आफू गृहमन्त्री हुँदा स्थापना भएको सशस्त्रको पहिलो आईजी कृष्णमोहन श्रेष्ठलाई दर्ज्यानी चिन्ह लगाएको स्मरण गर्दै पौडेलले भने, ‘कृष्णमोहन श्रेष्ठलाई दर्ज्यानी चिन्ह लगाइदिएको अझै ताजा छ ।’
सशस्त्र प्रहरी बल विशिष्ट अवस्थामा स्थापना भएको उल्लेख गर्दै पौडेलले सशस्त्र प्रहरी अदम्य साहसले लेखिएको इतिहास भएको बताए ।
तत्कालीन राजा अनिच्छुक हुँदा सशस्त्र प्रहरी बल स्थापना गर्न कठिनाइ भएको क्षण राष्ट्रपतीले सम्झिए । ‘सशस्त्र स्थापनाको साक्षी म पनि हुँ’ उनले भने, ‘तत्कालीन राजालाई विश्वासमा लिएर यो सङ्गठन स्थापना भएको थियो ।’
सशस्त्र प्रहरी बन्दुक बोकेको शक्ति मात्र नभएर राष्ट्रप्रतिको निष्ठाको ज्वलन्त उदाहरण भएको उनले बताए । समयसँगै सुरक्षा चुनौती पनि बदलिँदै गएको उल्लेख गर्दै पौडेलले भने, ‘सशस्त्र समयभन्दा अगाडी सोच्ने र समय आएपछि अघि बढ्ने सङ्गठन हुनेमा मलाई विश्वास छ ।’
राष्ट्रमा विपद् आउँदा र सीमामा चुनौती थपिँदा सबैभन्दा अगाडी उभिने सङ्गठन सशस्त्र नै भएको उल्लेख गर्दै उनले भने, ‘निर्वाचन सफल बनाउन यसअघि मिलाएको सुरक्षा प्रबन्ध नागरिकले सधैँ स्मरण गर्नेछन्, आसन्न निर्वाचनमा पनि सशस्त्रको भूमिका प्रभाकारी रहने मैले विश्वास लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण