बाँके हात्तीपाइलेको जोखिममा, १६औँ पटक औषधी खुवाइँदै
नेपालगञ्ज । बाँकेमा आजदेखि १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम कायम रहेकाले बाँकेमा यसविरुद्धको औषधी खुवाउन लागिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६ औँ पटक हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउन लागिएको इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए ।
नेपालमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान १५औँ पटक सम्पन्न हुँदासमेत यस जिल्लामा एक पटक पनि नखाएको सङ्ख्या १५.३६ प्रतिशत छ । एक पटक पनि औषधी नखाएको सङ्ख्या १० प्रतिशत भन्दामाथि भए चुनौतीपूर्ण मानिन्छ ।
गत वर्ष जिल्लामा ६२ प्रतिशतले औषधी खाएका थिए भने नेपालगञ्ज उपमहानगरपालिकामा ५६ प्रतिशत मात्रै कभरेज भएको थियो ।
नेपालगञ्जको वडा नम्बर १६ मा १४ प्रतिशत मात्रै प्रगति छ । एकै पटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधी सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव नहुने अधिकृत महतोले बताए ।
बाँकेमा औसतमा १०० जनामा ६.५ जनाको शरीर माहात्तीपाइलेको वयस्क परजीवी छ । यसलाई १ प्रतिशत मुनी नझारे जोखिम उच्च रहन्छ ।
एक पटक मानिस सङ्क्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म अरुलाई सार्ने गर्दछ ।यस पटकको अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगञ्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
शुक्रबारदेखि सञ्चालित उक्त अभियान सञ्चालनका लागि करिब ४३ लाख बढी बजेट खर्च हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण