शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

शुक्रबार, ०९ माघ २०८२, २३ : ००
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • सिरहाका चार निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको संख्या दलका उम्मेदवारभन्दा बढी छ।
  • जिल्ला निर्वाचन कार्यालयका अनुसार, १३९ उम्मेदवारमध्ये ८५ जना स्वतन्त्र छन्।
  • स्वतन्त्र उम्मेदवारमा अधिकांश ठूला दलका असन्तुष्ट कार्यकर्ता छन्।

सिरहा । यहाँका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १३९ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ८५ जना स्वतन्त्र छन् भने ५४ जना मात्र दलका उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवका अनुसार सिरहा–१ मा दलका १४ र स्वतन्त्र १८, सिरहा–२ मा दलका १४ र स्वतन्त्र १५, सिरहा–३ मा दलका १२ र स्वतन्त्र २९ तथा सिरहा–४ मा दलका १४ र स्वतन्त्र २३ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता गरेका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । उम्मेदवारी दर्ता गराउनेमध्ये महिलाको सङ्ख्या आठ जना मात्र छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा अधिकांश ठुला दलका असन्तुष्ट कार्यकर्ता र समर्थकहरू छन् । निर्वाचनको समयमा सवारी साधन प्रयोग गर्न पाइने सुविधा र मतगणनाको समयमा आफ्ना प्रतिनिधि पठाउन सहज हुने भएकाले पनि धेरैले स्वतन्त्र रूपमा नाम दर्ता गराएको अनुमान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारहरूलाई शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप