नक्कली कर्मचारी नियन्त्रणमा
सारांश
- अध्यागमन विभागले नक्कली परिचयपत्र देखाउने व्यक्तिलाई नियन्त्रणमा लियो।
- नक्कली अधिकृतले आफू गृह मन्त्रालयको शाखा अधिकृत भएको दाबी गरे।
- उनले महिलालाई कालोसूचीमा पार्ने प्रलोभन देखाएको र राहदानी मागेका थिए।
काठमाडौँ । गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्याङ्क लिन खोज्ने नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।
विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले उक्त व्यक्तिलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको जानकारी दिए । नक्कली परिचयपत्र देखाउने व्यक्ति तनहुँका कृषि जिसी रहेका छन् । आफूलाई सक्कली अधिकृतको परिचय दिन शुक्रबार उनी निजामती पोसाकमै आएका थिए । परिचयको क्रममा निजले आफू ब्याट–३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका छन् ।
उनका अनुसार विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाइ काठमाडौँको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाइएको बुझिन्छ । एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकाले होटलका बाउन्सरले गृहका तीनै नक्कली अधिकृतसँग पैसा असुली गरिदिन सहयोग मागेका थिए । नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए । विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए ।
उनले निजलाई कालोसूचीमा राखिदिनसमेत अनुरोध गरेका थिए । नक्कली अधिकृतले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्रसमेत लिएको खुलेको छ । अध्यागमन विभागको इन्टेलीजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचयपत्रमा कर्मचारी सङ्केत नं अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको प्रवक्ता ढकालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण