मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ ? पिउनुस् यी प्राकृतिक र ताजा जुस
सारांश
- युवा पुस्तामा मुटुसम्बन्धी समस्या बढ्दै गएको छ, जसको प्रमुख कारण खानपान र जीवनशैली हो।
- अनार, स्याउ, आँप, चेरी, किवी, ब्लूबेरी, सुन्तला र अंगुरको जुस मुटुको स्वास्थ्यका लागि लाभदायक छन्।
- यी जुसहरूले रक्तचाप नियन्त्रण, कोलेस्ट्रोल कम गर्न र रक्त प्रवाह सुधार गर्न मद्दत गर्छन्।
काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा समेत मुटुसम्बन्धी समस्या बढेको पाइन्छ । वृद्ध वृद्धा हुन् वा युवा, हर्ट अट्याक, कार्डियक अरेस्टजस्ता समस्याहरू सामान्य हुन थालेका छन् । यसको प्रमुख कारण मुटु, खाना र खराब दिनचर्या हुन सक्छ । हामीले सन्तुलित आहार खान छोड्यौँ अनि स्वस्थ जीवनशैली अपनाएनौँ भने हरेक प्रकारको रोगको जोखिम धेरै गुणा बढ्छ ।
मुटु हाम्रो शरीरको त्यो भाग हो, जसले हरेक हिस्सामा रगत पुर्याउने काम गर्छ । तर यदि यसले राम्रोसँग काम गरेन भने धेरै गम्भीर रोगहरू उत्पन्न हुन सक्छन् । त्यसैले हरेक दिन आफ्नो आहारमा केही यस्ता खानाहरू समावेश गर्नुहोस्, जुन मुटुको स्वास्थ्यको लागि राम्रो होस् ।
आजको यस लेखमा हामी मुटुको स्वास्थ्यका लागि लाभदायक केही प्राकृतिक र ताजा जुसको बारेमा कुराकानी गर्न गइरहेका छौँ, जसको सेवन स्वास्थ्यका लागि साँच्चै नै लाभकारी हुन सक्छ ।
अनारको जुस
अनारको जुसमा एन्टिअक्सिडेन्ट र भिटामिन सी पाइन्छ । यसले रगतको प्रवाह सुधार्छ अनि धमनीलाई लचिलो बनाउँछ अनि मुटुलाई स्वस्थ रहन मद्दत गर्छ ।
स्याउको जुस
हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू छन् । यसमा हुने घुलनशील फाइबरले एलडीएल ९खराब कोलेस्ट्रोल० कम गर्छ र पोटासियमले रक्तचाप नियन्त्रणमा राख्छ । स्याउको जुसको नियमित सेवनले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ ।
आँपको जुस
आँपमा भिटामिन सी, ए र ई पाइन्छ । यी तत्त्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ । यसमा रहेको पोटासियमले मुटुमा दबाब कम गर्छ ।
चेरीको जुस
यो जुस शरीरको लागि धेरै फाइदाजनक छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्थोसायनिनले रक्तचाप नियन्त्रणमा राख्छ र सुन्निएको कम गर्छ । यसले धमनीहरूलाई लचिलो हुन मद्दत गर्छ ।
किवीको जुस
किवीमा भिटामिन सी, के र पोटासियम पाइन्छ । यिनीहरूले रक्तचाप नियन्त्रणमा राख्छ र रगत जम्नबाट रोक्छ, जसबाट मुटु सुरक्षित रहन्छ ।
ब्लूबेरीको जुस
यसमा पाइने फाइबर र फ्लेभोनोइड्सले कोलेस्ट्रोल कम गर्छ र रक्त प्रवाह सुधार गर्छ अनि मुटु रोगको जोखिम कम गर्छ ।
सुन्तलाको जुस
भिटामिन सी र पोटासियमले रक्तचाप कम गर्छ अनि मुटुको काम गर्ने प्रक्रियालाई राम्रो बनाएर राख्छ ।
अङ्गुरको जुस
विशेष गरी रातो र बैजनी अङ्गुरको जुसमा रेसभेराट्रोल पाइन्छ । यसले रक्त प्रवाहलाई सहज राख्छ र मुटु रोगको सम्भावना कम गर्छ ।
क्रेनबेरीको जुस
क्रेनबेरीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले धमनीहरूमा प्लाक जम्मा हुनबाट रोक्छ र रक्त नलीहरूलाई स्वस्थ राख्छ ।
अस्वीकरण : यस लेखमा दिइएको जानकारी रोग र स्वास्थ्य समस्याबारे जागरूकता फैलाउने उद्देश्यले मात्रै दिइएको हो । यो कुनै पनि चिकित्सा रायको विकल्प होइन । यसमा दिइएका सल्लाह पालना गर्नु अघि आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण