१० बजे १० समाचार : नेकपाबाट सात नेता निष्कासितदेखि हिमपात र वर्षासम्म
आज २०८२ माघ १० गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. नेकपाबाट सात नेता निष्कासित
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी गर्दा गरेको तथा सो कार्यमा सघाएको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो ।
२. प्रधानमन्त्रीको बहसका लागि ओली तयार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबिच सार्वजनिक बहसका लागि आफू ‘बिल्कुल’ तयार रहेको बताएका छन् ।
३. ७ जिल्ला भ्याएर फर्किए बालेन
काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएर सोझै मधेस प्रदेशको राजधानी जकपुरको सभामा सहभागी भएका बालेन त्यसको ७ दिनपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन् ।
४.धेरै जिल्लामा वर्षा र हिमपात
पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा भने आज अपराह्नबाट रोकिएको छ ।
५. उपेन्द्र यादवको चुनावी परीक्षा
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित स्थान खोज्दै सप्तरी क्षेत्र नम्बर–३ पुगेका छन्।
६. शनिबार विशेष
७. प्रतिनिधिसभा निर्वाचन
आसन्न निर्वाचनमा सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त निश्चित छ । सिन्धुपाल्चोकका दुई वटा निर्वाचन क्षेत्रमा खासगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले) र नेपाली कांग्रेसबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
८. समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।
९. जेनजी अभियन्ता अजय सोडारी आमरण अनशनमा
६ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै जान थालेको छ ।
१०. राष्ट्रियसभा निर्वाचन
आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशका पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष तथा प्रदेशका सांसदहरू विराटनगर केन्द्रित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण