हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो ।
लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए । अहिले पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएका इलका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
हिले लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका लागि छुटेका साना तथा ठूला सवारीसाधान बीचबाटोमै फसेका थिए । हिउँमा गाडी फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका थिए ।
जेसिबीले हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको उनको भनाइ छ । पातीहाल्नेसहित बागलुङको निसीखोला, ढोरपाटनलगायत माथिल्लो स्थानमा पनि हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण