गण्डकी प्रदेश: राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
सारांश
- गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ।
- निर्वाचनका लागि कर्मचारी खटिएका छन् र मतदान केन्द्र निर्माण गरिएको छ।
- दुई सिटका लागि चार दलका ६ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत आइतबार गण्डकी प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा तोकिएको मतदानस्थलमा बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले निर्वाचनको तयारीका सम्पूर्ण काम सकिएको बताए । “निर्वाचनका लागि कर्मचारी खटिइसकेका छन् भने मतदान केन्द्र निर्माण गरिएको छ । मतपत्रसमेत आइसकेको छ । सुरक्षाको सबै व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको छ”, उनले भने ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका ५९ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १६९ गरी जम्मा २२९ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभारअनुसार गण्डकीमा कुल मतभार छ हजार ३५७ छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहको गरी छुट्टाछुट्टै दुई मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा राष्ट्रियसभाका दुई सिटका लागि चार राजनीतिक दलका छ जना उम्मेदवार मैदानमा छन् । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा ९एमाले०ले संयुक्त उम्मेदवार उठाएका छन् ।
महिला समूहमा नेकपा (एमाले) बाट सम्झना देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी अन्य समूहमा नेपाली कांग्रेसबाट जगत तिमिल्सना, नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाबाट शङ्कर बराल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण