अदालत
रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै
आइतबार, ११ माघ २०८२, १० : ५५
सारांश
- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइ हुने भएको छ।
- निर्वाचन आयोगले कैलाली क्षेत्र नम्बर १ बाट चौधरीको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।
- न्यायाधीश बालकृष्ण ढकालको इजलासमा फागुन २१ गते हुने निर्वाचनका लागि चौधरीको रिटको सुनुवाइ हुनेछ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् ।
चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण