वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।
- विशेष अदालतले पाण्डेलाई दुई वर्ष कैद र जरिवाना तथा अन्य दुई कर्मचारीलाई पनि जरिवाना र कैद सजाय सुनाएको थियो।
- अख्तियारले घुस लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो र विशेष अदालतले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो।
काठमाडौँ । वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेसहित तीन जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हाे ।
विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यस्तै, विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई जनही ३ लाख ३३ हजार जरिवाना र कैद सजाय सुनाएको थियो ।
वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रुपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो । उनीहरूमाथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो ।
२०७७ सालमा विशेष अदालतले घुस प्रकरणमा तीनै जनालाई भ्रष्टाचारी ठहर गरेपछि सो उपर सर्वोच्च अदालत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण