इन्डोनेसियामा प्राकृतिक प्रकोप: ८० जना अझै बेपत्ता
इन्डोनेसिया । इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन्। खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार बिहान वर्षा कम भएसँगै उद्धार कार्य फेरि सुरु भएको छ।
उद्धारकर्मी सेना, प्रहरी र स्वयंसेवकहरूको सहयोगमा प्रभावित क्षेत्रमा उत्खनन गर्दै छन्। ड्रोन र कुकुर टोलीको प्रयोग गरी अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ। पश्चिम बान्दुंगका मेयरले चेभूस्खलन भएको भूभाग निकै कठिन र जमिन अझै अस्थिर रहेको बताए ।
इन्डोनेसियामा वर्षाको समयमा प्रायः बाढी र भूस्खलन हुने गरेका छन्। गत वर्षको वर्षाले सुमात्रा टापुमा करिब एक हजार २०० जनाको मृत्यु र दुई लाख ४० हजार भन्दा बढी मानिस विस्थापित भएको थियो। वातावरणविद् र सरकारी अधिकारीहरूले वन क्षेत्र हराएको कारणले बाढी र भूस्खलन बढेको बताएका छन्।
यसै महिनामा सियाउ टापुमा परेको अत्यधिक वर्षाले कम्तीमा १६ जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण