बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सलमानको फिल्म ‘ब्याटल अफ गलवान’ को गीतमा देखिए नेपाली हिरो अनुपविक्रम

आइतबार, ११ माघ २०८२, १४ : ०७
आइतबार, ११ माघ २०८२

सारांश

  • सलमान खान अभिनित फिल्म 'ब्याटल अफ गलवान' को गीत सार्वजनिक भएको छ, जसमा अनुपविक्रम शाही देखिएका छन्।
  • 'मातृभूमि' बोलको गीत देशभक्तिको भावनामा आधारित छ, जसमा अनुपविक्रम र सलमान एउटै फ्रेममा छन्।
  • फिल्म सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबीच भएको झडपको कथामा आधारित छ र १७ अप्रिलमा प्रदर्शन हुनेछ।

काठमाडौँ । अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक भएको छ । ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सलमान खानसँगै देखिएका छन् । देशभक्तिको भावना समेटिएको उक्त गीतमा अनुपविक्रम सलमानसँग एउटै फ्रेममा देखिएका हुन् ।

केही समयअघि अनुपविक्रमको विषयमा सललमानसँग फिल्म खेल्दै भनेर समाचार आएको थियो । अहिले भने उनी सो गीतमा सलमानसँगै देखिएका छन् । गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ ।

सलमान खान फिल्म्सको प्रस्तुति रहेको यो फिल्म अपूर्व लाखियाले निर्देशन गरेका हुन् । फिल्म सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबिच भएको झडपको कथावस्तुमा आधारित छ ।

फिल्ममा सलमान खान, चित्रांगदा सिंहको मुख्य भूमिका छ । फिल्ममा नेपाली अनुपसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय छ ।  ‘ब्याटल अफ गलवान’ १७ अप्रिल (वैशाख ४) देखि प्रदर्शनमा आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप