बङ्गलादेशमा फेरि हिन्दु युवकको निर्मम हत्या
सारांश
- बंगलादेशमा एक हिन्दु युवकलाई पेट्रोल खन्याएर जिउँदै जलाइयो, जसले अल्पसंख्यकको सुरक्षामा प्रश्न उठायो।
- मृत्यु हुने युवक नरसिंहदीको ग्यारेजमा सुतिरहेका थिए, र उनी कोमिला जिल्लाका बासिन्दा थिए।
- घटनापछि हिन्दु समुदायमा भय फैलिएको छ र हिन्दु संगठनहरूले दोषीलाई कारबाहीको माग गरेका छन्।
ढाका । बङ्गलादेशमा एक हिन्दु युवकलाई पेट्रोल खन्याएर जिउँदै जलाइएको घटनाले फेरि एकपटक अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। नरसिंहदी क्षेत्रमा ग्यारेजमा सुतिरहेका युवकको आगलागीबाट मृत्यु भएको हो । मृत्यु हुने चञ्चल चन्द्र भौमिकका रहेकाे बताइएकाे छ।
वरिष्ठ पत्रकार सलाहउद्दीन शोएब चौधरीका अनुसार यो घटना शुक्रबार राति भएको हो। चञ्चल कोमिला जिल्लाको लक्ष्मीपुर गाउँका बासिन्दा थिए । पिताको मृत्यु भएपछि घरको जिम्मेवारी उनकै काँधमा थियो।
उनकी आमा बिरामी र एक भाइ दिव्याङ्ग रहेको बताइएको छ। चञ्चल पछिल्लो ६ वर्षदेखि नरसिंहदीमा रुबल मियाँको ग्यारेजमा काम गर्दै आएका थिए।
स्थानीय स्रोतका अनुसार काम सकेर ग्यारेजमै सुतेका चञ्चलमाथि अज्ञात व्यक्तिले पेट्रोल खन्याएर आगो लगाएका थिए । नजिकैको सीसीटीभी फुटेजमा आगो लगाएपछि पनि आरोपी केही समय त्यहीँ उभिएको देखिएको छ । परिवारले यो घटनालाई हत्या भएको आरोप लगाएको छ भने स्थानीयले धार्मिक कारण हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
यस घटनापछि बङ्गलादेशका हिन्दु समुदायमा भय र असुरक्षाको वातावरण फैलिएको छ । हिन्दु सङ्गठनहरूले घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण