न्यायालय
उम्मेदवारी खारेजविरुद्ध रेशमको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
आइतबार, ११ माघ २०८२, १५ : १५
सारांश
- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ सकियो।
- निर्वाचन आयोगले टीकापुर घटना मुद्दामा दोषी ठहरिएका कारण चौधरीको उम्मेदवारी खारेज गरेको थियो।
- चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका थिए।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ सकिएको हो ।
चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् । टीकापुर हत्याकाण्डका तीन तहको अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएकाले निर्वाचन आयोगले चौधरीको उम्मेदवार खारेज गरिदिएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण