एमाले र प्रलोपाबिच तालमेलको सहमति, जनार्दन र पुनको पक्षमा एमालेले मतदान गर्ने
काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच तालमेलको सहमति भएको छ । आइतबार दुई पार्टीबिच तालमेलको सहमति हुँदा एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ ।
तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा मतदान गर्ने सहमति भएको छ ।’
यस्तै दोस्रो बुँदामा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई भोट हाल्नेछ । बुँदा नम्बर २ मा भनिएको छ, ‘कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति भएको छ ।’
सहमतिको तेस्रो बुँदामा दुवै पार्टीहरूले सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने उल्लेख छ । सहमति पत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबको हस्ताक्षर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण