बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

एमालेले प्रलोपालाई साथ दिँदा रुकुम पूर्वमा प्रचण्डलाई प्रेसर !

आइतबार, ११ माघ २०८२, १६ : १९
आइतबार, ११ माघ २०८२

सारांश

  • नेकपा एमालेले रुकुम पूर्वमा प्रलोपालाई सघाउने सहमति जनाएपछि प्रचण्डलाई दबाब सिर्जना भएको छ।
  • प्रचण्डविरुद्ध सो क्षेत्रमा प्रलोपाबाट सहिद पुत्र सन्दीप पुन उम्मेदवार बनेका छन्।
  • अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ५ हजारभन्दा बढी मत पाएका थिए।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई रुकुम पूर्वमा सघाउने सहमति गरेपछि त्यहाँ उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई प्रेसर पर्ने देखिएको छ । 

सुरक्षित क्षेत्र खोज्दै त्यहाँ पुगेका प्रचण्डविरुद्ध सो क्षेत्रमा प्रलोपाबाट सहिद पुत्र सन्दीप पुन उम्मेदवार बनेका छन् । यसअघि माओवादी केन्द्रले जितेको उक्त  क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ५ हजार भन्दा बढी मत पाएका थिए । त्यतिबेला  एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ५ हजार ५११ मत पाएका हुन् । 

यस्तै निर्वाचित भएका तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १२ हजार २६२ मत पाएका थिए । अहिले चुनावको मुखमा माओवादी फुटेर जनार्दन शर्माले प्रलोपा बनाएका हुन् ।

यस्तो स्थितिमा माओवादीको भोट बाँडिन सक्ने र एमालेले पनि साथ दिने भएपछि प्रचण्डलाई प्रेसर पर्ने देखिएको हो ।

समानुपातिकतर्फ कति थियो मत ?

समानुपातिकतर्फको मतपरिणाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ८ हजार २ सय ७१ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको थियो ।  दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ हजार ६ सय ९२ मत प्राप्त गरेको थियो भने एमाले ३ हजार ६ सय ५९ मतसहित तेस्रो स्थानमा रहेको थियो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय ६६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय २८ मत पाएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भने ३ सय ७५ मतमा चित्त बुझाएको थियो । अन्य साना पार्टीको भने उल्लेख्य मत थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप