गण्डकीमा प्रलोपाको ‘नो भोट’, जनप्रतिनिधिले नै दिन जानेनन् मत
सारांश
- गण्डकीमा राष्ट्रियसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका सांसदले मतपत्र खाली राखे।
- एक जना सांसदको मत बदर भयो किनभने उनले चिन्हको सट्टा नाममा मत दिए।
- निर्वाचनमा २२३ जना मतदाता सहभागी भए, र राप्रपाका २ सांसदले बहिष्कार गरे।
पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको मतदानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका सांसदले मतपत्र खाली छोडिदिएका छन् । ‘कसैलाई पनि समर्थन छैन भन्ने संकेत हो । पर्ख र हेरको अवस्थामा छु । पहिचान प्रस्ट गर्नका लागि हो,’ प्रलोपा सांसद फणीन्द्र देवकोटाले भने ।
उनले मतपत्र खाली छोडेका छन् भने थप अर्का सांसदले दिएको मत बदर भएको छ । उनले चिन्हमा मत दिनुपर्नेमा नाममा दिएका हुन् । पालिकातर्फ १ जनाले तारा नाममा चिन्ह लगाएका छन् भने अर्का एक जनाले सूर्य र तारा दुवैमा चिन्ह लगाएका छन् ।
खुलातर्फ पनि १ मतपत्र खाली थियो भने अर्का एकजना सांसदले चुनाव चिन्हमा दिनुपर्ने मत रुखको नाममा दिएका छन् । पालिकातर्फ पनि एक जनाले तारा नाममा मत दिएका कारण बदर भएको छ ।
२ सय २८ मतदाता मध्ये २ सय २३ जना मतदानमा सहभागी भएका थिए । राप्रपाका २ सांसदले बहिष्कार गर्दा स्थानीय तहतर्फ ३ जना मतदानमा सहभागी भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण