बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘विकसित भारत’ को संकल्प अझ बलियो हुने मोदीको विश्वास

सोमबार, १२ माघ २०८२, ०८ : १६
सोमबार, १२ माघ २०८२

सारांश

  • भारतले आफ्नो ७७औँ गणतन्त्र दिवस मनायो, प्रधानमन्त्री मोदीले 'विकसित भारत' को संकल्प व्यक्त गरे।
  • यस वर्षको गणतन्त्र दिवसमा युरोपेली आयोगका अध्यक्ष र युरोपेली परिषद्का अध्यक्ष प्रमुख अतिथि थिए।
  • अतिथीहरूले भारत र युरोपले 'खण्डित संसार' को विकल्प प्रस्तुत गरिरहेको बताए, व्यापार सम्झौता वार्ता अन्तिम चरणमा।

नयाँ दिल्ली । भारतले सोमबार आफ्नो ७७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउँदै छ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिँदै ‘विकसित भारत’ को संकल्प अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल एक्समार्फत सन्देश दिँदै मोदीले भारतको गौरवको प्रतीकका रूपमा रहेको यो राष्ट्रिय पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह भर्ने कामना गरेका छन् । समारोहमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै छ ।

यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । दिल्लीको कर्तव्य पथमा आयोजित विशेष समारोहमा सहभागी हुँदै अध्यक्ष उर्सुलाले भारत र युरोपेली संघले ‘खण्डित संसार’ को विकल्प प्रस्तुत गरिरहेको बताएकी छन् । उनले भारत र युरोपले रणनीतिक साझेदारी, संवाद र खुलापन रोजेको उल्लेख गर्दै विश्वलाई अर्को बाटो सम्भव छ भनेर देखाइरहेको टिप्पणी गरिन् ।

युरोपेली नेताहरूको यो भनाइ यस्तो समयमा आएको हो, जतिबेला युरोपेली संघ र अमेरिकाबीच व्यापार तथा ग्रिनल्याण्ड लगायतका मुद्दामा तनाव देखिएको छ । डाभोसमा भएको विश्व आर्थिक मञ्चमा पनि युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको आलोचना गरेका थिए । 

यही भू–राजनीतिक तनावका बीच भारत र युरोपेली संघबिच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को वार्ता अन्तिम चरणमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप