चलचित्र विधेयकको मस्यौदा प्रतिवेदन पारित
काठमाडाैँ । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो ।
समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिए ।
उनले भने, ‘२०२६ सालमा बनेको ऐेनलाई हामीले हरेक दफाहरुमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौँ । र त्यो अनुरुप यो विधेयक परिमार्जित भएको छ । धेरै संशोधनहरुलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौँ ।’
विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।
सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोली (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूचि तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण