जिल्ला सभापतिमार्फत गगन थापाले खोजे निवर्तमान सभापति शेरबहादुर देउवाको साथ
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने चुनावका लागि ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गरेको छ।
- परिपत्रमा विशेष महाधिवेशनको हारजितको कुरा नगरी चुनावमा केन्द्रित हुन आग्रह गरिएको छ।
- महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा शेरबहादुर देउवाको साथ रहने विश्वास व्यक्त गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र जारी गरेको छ । विशेष महाधिवेशनमा भएका हार जितको कुरा नगरी चुनावमा केन्द्रित हुन परिपत्रमार्फत आग्रह गरिएको छ ।
अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा उल्लेख छ ।
विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको सन्देश परिपत्रमार्फत दिइएको छ ।
'गत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शन पछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्न अत्यावश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ-आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ' परिपत्रमा भनिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण