सिम कार्डबाट सुन निकाल्ने भिडियोको वास्तविकता
सारांश
- चीनको ग्वाङडोङका एक ब्लगरले पुरानो सिम कार्डबाट सुन निकालेको भिडियो सार्वजनिक गरे, जसले सामाजिक सञ्जालमा चर्चा पायो।
- भिडियो भाइरल भएपछि विज्ञहरूले यसको वास्तविकता फरक रहेको र ठूलो मात्रामा सिम कार्ड आवश्यक पर्ने बताए।
- विवादपछि ब्लगरले विशेष 'वेस्ट चिप्स' प्रयोग गरेको स्वीकार गरे र विज्ञहरूले यस्ता प्रयोगको सिको नगर्न चेतावनी दिए।
ग्वाङडोङ । चीनको ग्वाङडोङका एक ब्लगरले पुराना सिम कार्ड र इलेक्ट्रोनिक फोहोरबाट १९१.७३ ग्राम सुन निकालेको दाबी गरेपछि सामाजिक सञ्जालमा निकै हलचल मच्चिएको छ। ती ब्लगरले कडा एसिड र इलेक्ट्रोलाइटिक रिडक्सन जस्ता जटिल प्रक्रिया प्रयोग गरी सुन निकालेको भिडियो सार्वजनिक गरेका थिए।
उक्त भिडियो भाइरल भएपछि धेरै मानिसहरूले ‘दश वर्ष काम गर्नुभन्दा एक वर्ष कबाड जम्मा गर्नु फाइदाजनक’ भन्दै यसलाई ‘चिप अल्केमी’ (चिपबाट सुन बनाउने कला) को संज्ञा दिएका छन्।
भिडियोले सर्वसाधारणमा ठुलो कौतुहलता जगाए पनि विज्ञहरूले भने यसको वास्तविकता अर्कै भएको खुलासा गरेका छन्। भिडियोमा एउटा सिम कार्डमा ०.०२ ग्राम सुन हुने दाबी गरिए पनि वास्तवमा एउटा कार्डमा मात्र ०.४७ मिलिग्राम सुन हुन्छ। विज्ञका अनुसार १९१ ग्राम सुन निकाल्नका लागि कम्तीमा ४ लाख थान सिम कार्ड आवश्यक पर्छ, जुन एक व्यक्तिले सामान्य रूपमा सङ्कलन गर्न असम्भव प्रायः छ।
विवाद बढ्दै गएपछि ती ब्लगरले स्पष्टीकरण दिँदै आफूले प्रयोग गरेका सामग्रीहरू साधारण सिम कार्ड मात्र नभई सञ्चार क्षेत्रका सुनको जलप लगाइएका विशेष ‘वेस्ट चिप्स’ भएको स्वीकार गरेका छन्। उनले यो भिडियो केवल बहुमूल्य धातु पुनः प्रयोग (रिसाइकलिङ) गर्ने उद्योगको प्रक्रिया देखाउनका लागि बनाएको र कुनै भ्रम फैलाउने उद्देश्य नरहेको बताएका छन्।
यसैबिच, विज्ञहरूले यस्ता भिडियोको सिको नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएका छन्। सुन निकाल्ने प्रक्रियामा प्रयोग गरिने रसायनहरू निकै घातक हुने भएकाले यसले गम्भीर सुरक्षा खतरा निम्त्याउनुका साथै वातावरणमा समेत ठुलो प्रदूषण फैलाउने उनीहरूको तर्क छ।
बिना प्राविधिक ज्ञान र सुरक्षा सावधानी घरमै यस्ता प्रयोग गर्नु ज्यानका लागि जोखिमपूर्ण हुने विज्ञहरूको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण