ऐतिहासिक व्यापार सम्झौता घोषणा गर्ने तयारीमा छन् भारत–ईयू
सारांश
- भारत र युरोपेली संघले दुई दशक लामो वार्तापछि व्यापार सम्झौताको घोषणा गर्दैछन्।
- यो सम्झौताले भारत र ईयूलाई रणनीतिक र व्यापारिक सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्नेछ।
- औपचारिक घोषणापछि युरोपेली संसद र परिषद्को स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर हुनेछ।
नयाँ दिल्ली । भारत र युरोपेली संघ (ईयू)ले करिब दुई दशकदेखि चल्दै आएका उतार–चढावपूर्ण वार्तापछि अन्ततः ऐतिहासिक व्यापार सम्झौता घोषणा गर्ने तयारी गरेका छन् । विश्व राजनीति बदलिँदै गरेको अवस्थामा अमेरिकासँग बढ्दो तनावबिच दुवै पक्षले आपसी रणनीतिक र व्यापारिक सम्बन्ध मजबुत बनाउन खोजेका हुन् ।
सोमबार वार्ता सम्पन्न भइसकेको र सम्झौतालाई अन्तिम रूप दिइएको जानकारी भारतका वाणिज्य सचिव राजेश अग्रवालले दिएका छन् । यसै सन्दर्भमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा दिल्लीमा छन् । सम्झौताको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ ।
भारत र ईयू दुवै अमेरिका तर्फबाट आइरहेको आर्थिक तथा भू–राजनीतिक दबाबसँग जुधिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछि भारत–अमेरिका व्यापार वार्ता अझै टुङ्गोमा पुगेको छैन । उता, ईयूले पनि ग्रिनल्याण्डसम्बन्धी विवादपछि अमेरिकासँग सम्भावित व्यापार युद्धको दबाब झेलिरहेको छ ।
यो सम्झौताले अतिरिक्त भन्सार भहसुलभन्दा व्यापार सम्झौतामा विश्वास गर्ने भारत र ईयूको सन्देश विश्वलाई दिने सान्तोस दा कोस्टाले बताए । भारत र युरोप नयाँ विश्व व्यवस्था बनाउन सँगै काम गर्न प्रतिबद्ध रहेको भोन डर लेयेनले उल्लेख गरिन् । सोमबार भारतको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि बनेका ईयू नेताहरू मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय शिखर बैठकमा सहभागी हुनेछन् । त्यसपछि सम्झौताको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ । यद्यपि, युरोपेली संसद र परिषद्को स्वीकृतिपछि मात्र यस वर्षको अन्त्यतिर सम्झौता औपचारिक रूपमा हस्ताक्षर हुने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण