कुलमान भन्छन्, ‘पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ’
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकता प्रयासलाई 'दुर्घटना' भनेका छन्।
- घिसिङले पार्टीको नाम र चुनाव चिन्ह अन्य दलमा विलय हुन नदिने बताएका छन्।
- आगामी निर्वाचनमा पार्टीका १२१ जना उम्मेदवारलाई जिताउन उनले मतदातालाई आग्रह गरे।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयासलाई ‘दुर्घटना’ को संज्ञा दिँदै अब आफ्नो पार्टीको अस्तित्व जोगाएरै अघि बढ्ने उद्घोष गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले अब कुनै पनि हालतमा पार्टीको नाम र चुनाव चिन्ह अरू दलसँग विलय हुन नदिइने स्पष्ट पारेका हुन्।
रास्वपासँगको छोटो समयको एकता प्रयासलाई स्मरण गर्दै घिसिङले त्यो १२ दिनको अवधिलाई पार्टी 'कोमा' मा पुगेको समयका रूपमा टिप्पणी गरे। ‘पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन, तर हामी बिचमा कोमामा पुग्यौँ,’ उनले भने, ‘अहिले हामी तन्दुरुस्त भएर निस्किएका छौँ, अब हाम्रो नाम र चिन्ह कतै हराउन दिने छैनौँ।’ अन्य दलहरू आफ्नो पार्टीमा समाहित हुन सक्ने तर आफूहरू अरूमा मिसिन नजाने उनले अडान व्यक्त गरे।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीका तर्फबाट १२१ जना उम्मेदवार चुनावी मैदानमा रहेको जानकारी दिँदै घिसिङले उनीहरूलाई जिताउन मतदातासँग अपिल समेत गरे। उनले नयाँ भनिएका दलहरूले निर्वाचनमा गरिरहेको तडकभडक र खर्चिलो प्रचारप्रसारप्रति दुःख व्यक्त गर्दै कम खर्चमा चुनाव लड्नुपर्नेमा जोड दिए।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा आफूले लोडसेडिङ अन्त्य गरेर प्राप्त गरेको उपलब्धिलाई उल्लेख गर्दै उनले मुलुकको समग्र विकासका लागि अब राजनीतिक रूपमै 'उज्यालो नेपाल' को विकल्प नभएको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण