विदेश पठाउने भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
मङ्गलबार, १३ माघ २०८२, १६ : ५१
सारांश
- प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नुवाकोट, ललितपुर र सप्तरीका व्यक्तिहरू छन्, जसले युएई र क्यानडा पठाउने भन्दै रकम लिएका थिए।
- उनीहरूले विभिन्न व्यक्तिहरूबाट ६ लाख ३० हजारदेखि १८ लाखसम्म ठगी गरेको आरोप लागेको छ र वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भएर काठमाडौँ बस्ने ३८ वर्षीय कृष्णजी थापा, ललितपुर घर भएका ३० वर्षीय विवेक भुजेल र सप्तरी घर भएर काठमाडौँ बस्ने २२ वर्षीय अनिल कुमार साह छन् ।
उनीहरूलाई सोमबार र मंगलबार काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले रातोपाटीलाई बताए ।
पक्राउ परेका थापाले युएई पठाउँछु भनेर ६ लाख ३० हजार, भुजेलले ३ लाख ५० हजार र साहले क्यानडा पठाउँछु भनेर १८ लाख ठगेको उजुरी परेको छ । उनीहरूलाई कानुनी कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण