२३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि मंगलबार २३ सदस्यीय नेपाली राष्ट्रिय यु–२० महिला टोली घोषणा गरेको छ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल यही माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा रहेका छन् ।
यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, सङ्गीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन् ।
टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण