दिल्लीलाई रोमाञ्चक खेलमा हराउँदै गुजरात दोस्रो स्थानमा
सारांश
- गुजरात जायन्ट्सले महिला प्रिमियर लिगमा दिल्ली क्यापिटल्सलाई ३ रनले हरायो र दोस्रो स्थान हासिल गर्यो।
- बेथ मुनीको अर्धशतक, सोफी डिभाइन र राजेश्वरी गायकवाडको उत्कृष्ट बलिङ गुजरातको जितमा निर्णायक बन्यो।
- गुजरातले १७४ रन बनाएको थियो भने दिल्लीले १७५ रनको लक्ष्य पछ्याउँदा हार बेहोर्नुपर्यो।
वडोदरा । महिला प्रिमियर लिग (डब्लूपीएल) को चौथो सिजनमा गुजरात जायन्ट्सले चौथो जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार वडोदराको कोटाली स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ३ रनले स्तब्ध बनायो। गुजरातको यस जितमा बेथ मुनीको अर्धशतक तथा सोफी डिभाइन र राजेश्वरी गायकवाडको घातक बलिङ निर्णायक बन्यो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १७४ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। सुरुआती झट्काका बाबजुद बेथ मुनी र अनुष्का शर्माले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
अनुष्काले ३९ रन जोडेर आउट भएपछि गुजरातको मध्यक्रम केही धरमराए पनि मुनीले एकतर्फबाट इनिङ्स सम्हाल्दै ५८ रनको कप्तानी पारी खेलिन्। तल्लो क्रमका ब्याटरहरू सस्तैमा समेटिँदा अन्तमा तनुजा कँवरले ११ बलमा २१ रनको विष्फोटक योगदान दिँदै स्कोरलाई १७४ सम्म पुर्याइन्। दिल्लीका लागि श्री चरणीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्।
१७५ रनको लक्ष्य पछ्याएको दिल्लीले नियमित अन्तरालमा विकेट गुमाउँदा हार बेहोर्नुपर्यो। ओपनर शेफाली वर्मा १४ र लिजेल ली ११ रनमै आउट भए भने मध्यक्रमका भरपर्दा ब्याटरहरू मारिजान काप शून्य र जेमिमा रोड्रिग्स १६ रनमा समेटिए।
१०० रनमा ६ विकेट गुमाएर संकटमा परेको दिल्लीका लागि निकी प्रसादले ४७ र स्नेह राणाले २९ रन जोड्दै अन्तिम समयसम्म संघर्ष गरे पनि जित दिलाउन सकेनन्। गुजरातका लागि सोफी डिभाइनले ४ र राजेश्वरी गायकवाडले ३ विकेट लिएर दिल्लीको पारी ध्वस्त पारे।
यस जितसँगै ७ खेलबाट ८ अंक जोड्दै गुजरातले मुम्बई इन्डियन्सलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थान सुरक्षित गरेको छ। अब जनवरी ३० मा हुने मुम्बईविरुद्धको अन्तिम खेलले प्लेअफको यात्रा तय गर्नेछ। १० अंकसहित बेङ्गलुरु यसअघि नै प्लेअफमा पुगिसकेको छ भने ६ अंक भएको दिल्ली चौथो र ४ अंक भएको यूपी पुछारमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण