विजय थलपतिको अन्तिम फिल्म ‘जन नायकन’ थप विवादमा, मद्रास उच्च अदालतद्वारा रिलिजमा रोक
सारांश
- सुपरस्टार विजय थलपतिको फिल्म 'जन नायकन' रिलिज अनिश्चित बनेको छ, अदालतको आदेशले अन्योल थपिएको छ।
- अदालतले सेन्सर बोर्डलाई आफ्नो पक्ष राख्न मौका दिनुपर्ने भन्दै मुद्दा पुन: एकल इजलासमा पठाएको छ।
- फिल्म रिलिजमा भएको ढिलाइले विजय थलपतिको राजनीतिक यात्रा र फिल्मी करियरमा असर पार्न सक्ने देखिएको छ।
मद्रास । दक्षिण भारतीय सिनेमाका सुपरस्टार विजय थलपतिको बहुप्रतिक्षित फिल्म ‘जन नायकन’ को रिलिज फेरि अनिश्चित बनेको छ। मद्रास उच्च अदालतले मंगलबार यसअघिको आदेश उल्टाएपछि फिल्मको भविष्यमाथि अन्योल थपिएको हो।
यसअघि अदालतको एकल इजलासले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई फिल्मलाई यू/ए सर्टिफिकेट दिन सिधै निर्देशन दिएको थियो। तर, मुख्य न्यायाधीश मनिन्द्र मोहन श्रीवास्तव र न्यायाधीश जी अरुल मुरुगनको डिभिजन बेन्चले उक्त आदेश खारेज गर्दै मुद्दालाई पुनः एकल इजलासमै फिर्ता पठाइदिएको छ। अदालतले सेन्सर बोर्डलाई आफ्नो पक्ष राख्ने पूरा मौका दिनुपर्ने ठहर गरेको छ।
के हो विवादको चुरो?
निर्देशक एच. विनोदको यो फिल्म ९ जनवरीमा रिलिज हुने तयारीमा थियो। तर, अन्तिम समयमा सेन्सर बोर्डले यसमा रोक लगायो।
बोर्डकै एक सदस्यले फिल्मका केही दृश्यले धार्मिक भावनामा चोट पुर्याउने र सेनाको छवि बिगार्ने दाबी गर्दै उजुरी दिएका थिए। सुरुमा परीक्षण समितिले केही दृश्य काटेर प्रदर्शन अनुमति दिन सिफारिस गरे पनि बोर्डका अध्यक्षले यसलाई पुनरावलोकन समितिकहाँ पठाएपछि विवाद सुरु भएको हो।
निर्माता केभीएन प्रोडक्सनले यसविरुद्ध अदालतमा निवेदन दिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै एकल इजलासले ९ जनवरीमै सर्टिफिकेट जारी गर्न आदेश दियो। तर, सोही दिन डिभिजन बेन्चले उक्त आदेशमा रोक लगाएको थियो। अब यो मुद्दामा फेरि नयाँ शिराबाट सुनुवाइ हुनेछ।
राजनीतिक यात्रामा धक्का लाग्न सक्ने
विजय थलपतिले आफ्नो राजनीतिक दल ‘टीभीके’ मार्फत पूर्णकालीन राजनीतिमा लाग्ने घोषणा गरिसकेका छन्। राजनीतिमा होमिनुअघि यो उनको अन्तिम फिल्म हो। यस्तो अवस्थामा फिल्म रिलिजमा भइरहेको ढिलाइले उनका फ्यानहरूलाई निराश मात्र बनाएको छैन, उनको फिल्मी करियरको सुखद अन्त्यमा पनि बाधा पुर्याएको छ।
सेन्सर बोर्डको सर्टिफिकेट बिना फिल्म हलमा चल्न पाउँदैन। अदालतले प्रक्रियामा हतार नगर्न र बोर्डलाई स्पष्टीकरणको मौका दिनुपर्ने अडान राखेकाले ‘जन नायकन’ को पर्दामा आउने प्रतीक्षा अझै लम्बिने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण