टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा छैटौँ स्थानमा उक्लिए दीपेन्द्र
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा छैटौँ स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रले यसअघि रहेको आठौँ स्थानबाट दुई स्थान सुधार गरेका हुन् । कुनै बेला उनी दोस्रो स्थानमा थिए ।
यद्यपि पछिल्लो समय नेपालले कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन । अन्य देशका खेलाडीहरूको प्रदर्शनका कारण वरीयता फेरबदल हुँदा दीपेन्द्रको स्थान उक्लिएको हो ।
वरीयता सुधार भए पनि दीपेन्द्रको रेटिङ अङ्क भने यथावत् छ । उनको हाल २०२ रेटिङ अङ्क छ । यसअघि उनी लगातार चार सातासम्म आठौँ स्थानमा नै रहेका थिए ।
नयाँ वरीयतामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष स्थानमा कायमै छन् भने पाकिस्तानका सलमान अयुब दोस्रो र भारतका हार्दिक पाण्ड्या तेस्रो स्थानमा छन् । जसअनुसार शीर्ष १० स्थानमा रहेका खेलाडीहरू यी हुन् ।
सिकन्दर रजा (जिम्बाब्वे)
सलमान अयुब (पाकिस्तान)
हार्दिक पाण्ड्या (भारत)
रोस्टन चेज (वेस्ट इन्डिज)
मोहम्मद नवाज (पाकिस्तान)
दीपेन्द्रसिंह ऐरी (नेपाल)
अजमतुल्लाह ओमरजाइ (अफगानिस्तान)
रोमारियो शेफर्ड (वेस्ट इन्डिज)
मोहम्मद नबी (अफगानिस्तान)
वानिन्दु हसरंगा (श्रीलंका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण