अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।
बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन् ।
उनले भने,'राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसद्को निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।'
साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गरे ।
उनले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने बताए ।
उनले जुनसुकै सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको यसका लागि सबै दलहरूलाई एकै मञ्चमा राखेर यस विषयमा महासङ्घले नै बहस चलाउँदै आएको बताए ।
आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको प्रसङ्ग उल्लेख गर्दै अहिले सो आयोगका सुझावहरू पनि कतिपय कार्यान्वयनमा आएका स्मरण गरे ।
अध्यक्ष ढकालले देशमा आर्थिक लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरूको संशोधन देखि महासङ्घको विधानलाई समय सापेक्ष बनाउने सम्मका काम आफू महासङ्घको नेतृत्वमा आएपछि सम्पन्न भएका पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण