उपत्यकामा लुटपाट र आतङ्क मच्चाउने समूहका नाइके विनय तामाङ
सारांश
- काठमाडौँको मूलपानीमा प्रहरीले गोली चलाउँदा लुटेरा समूहका नाइके घाइते भएका छन्।
- पक्राउ परेका १० जनाले काठमाडौं उपत्यकामा २२ वटा लुटपाटका घटना गरेको स्वीकारेका छन्।
- समूहका नाइके यसअघि प्रहरी हिरासतबाट भागेका थिए र उनीहरु लुटपाटमा संलग्न थिए।
काठमाडौँ । काठमाडौँको मूलपानीमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको लुटेरा समूहका मुख्य नाइके विनय तामाङ रहेको खुलेको छ । बुधवार राति प्रहरीले प्रहार गरेको गोली काभ्रे घर भएका तामाङको दायाँ खुट्टामा लागेको छ । उनको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार हुँदै छ । विनय सहित १० जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आरोपीहरूले काठमाडौँ उपत्यकामा रातिको समयमा लुट आतङ्क मच्चाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति उनीहरुले प्रहरीलाई मोटरसाइकलले हानेर भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
समूहका नाइके विनय भदौ २४ मा जेनजी आन्दोलन हुँदा प्रहरी वृत्त महाराजगन्जको हिरासतमाबाट भागेका थिए । उनीहरू अहिलेसम्म उपत्यकामा २२ वटा लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
साँझको समयमा हिँड्ने महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए । आरोपीहरूले साह्रखुट्टेमा ४ वटा, बौद्ध क्षेत्र, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमीमा लुटपाट गरेको भेटिएको छ ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘राति २ वटा मोटरसाइकलमा हिँड्ने र लुटेर भाग्ने उनीहरूको अपराध प्रवृत्ति देखिन्छ ।’ आरोपीहरूले एकै रातमा ४ वटासम्म लुटपाट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका १० जना नै पटके अपराधी हुन् ।
घटनाबारे काठमाडौँ प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण