चितवनमा दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल
चितवन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा सहभागी राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा आफूहरुले पालना गर्ने र अरू उम्मेदवारहरुले पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले स्वच्छ, निष्पक्ष, तटस्थ, पारदर्शी, मितव्ययी र भयरहित निर्वाचन बनाउन दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनमा के–के गर्दा आचारसंहितको उल्लङ्घन हुन्छ त्यसबारेमा सहभागीहरुलाई प्रस्ट्याएका थिए ।
पौडेलले कुन क्षेत्रका उम्मेदवारले कति रकम खर्च गर्न पाउने लगायतका विषयमा पनि जानकारी गराएका थिए । उनले आचारसंहिताको पालना नगरेमा उम्मेदवारी रद्धका लागि सिफारिससम्म गर्न सक्ने भएकाले सबैलाई सहयोगका लागि आग्रह गरे । निष्पक्षता माथि शङ्का नगर्न आग्रह गर्दै उनले निर्वाचन प्रक्रियामा ठूला र साना दल नचिनिने सबैलाई आचारसंहिताको पूर्ण रुपमा पालना गराइने बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनैतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना नगरेमा आवश्यक कारबाही हुने बताए । जनप्रतिनिधिहरुले गर्नुपर्ने आचारसंहिताका विषयमा समेत उनले जानकारी गराएका थिए । सुरक्षा व्यवस्थामा कुनै कन्जुस्याँइ नगरिने जनाउँदै उनले निर्धक्क साथ आचारसंहिता पालना गरेर आफ्नो प्रचारमा जुट्न आग्रह गरे ।
कार्यक्रमका उद्देश्यका बारेमा निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण