आम जनता राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र जोगाउन सक्ने नेतृत्वको खोजीमा छन् : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुक अहिले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रका दृष्टिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै यसलाई सुदृढ गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
आजपाले बिहीबार रौतहटको मौलापुरमा आयोजना गरेको प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा अगुवा नेता–कार्यकर्ताका लागि विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले जनताले इमानदार, जनमुखी र जिम्मेवार नेतृत्व खोजिरहेको बताए ।
उनले भने, “अहिले देश गम्भीर चुनौतीको सामना गरिरहेको छ । गरिब, निमुखा र सीमान्तकृत समुदायको पक्षमा काम गर्न सक्ने नेतृत्व आवश्यक छ । यो निर्वाचन सही र गलतबीचको छनोट हो ।”
अध्यक्ष साहले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सक्ने विकल्प आवश्यक रहेको धारणा राखे । उनका अनुसार जनताको अपेक्षा व्यवहारमा उतार्न नसक्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाउने जोखिम हुन्छ ।
उनले सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाउँदै सुरक्षा व्यवस्थापन र राजनीतिक व्यवहारमा समानता र निष्पक्षता हुनुपर्नेमा जोड दिए । “सबै राजनीतिक दल र व्यक्तिहरूप्रति राज्यको व्यवहार समान हुनुपर्छ,” उनले भने ।
साथै, उनले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूले घोषणा गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । “नयाँ विकल्पको दाबी गर्ने शक्तिहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा निराशा बढेको छ,” उनले बताए ।
अध्यक्ष साहले सामाजिक सञ्जालको लोकप्रियताले मात्र देश नबन्ने उल्लेख गर्दै दीर्घकालीन नीति, सुशासन र समावेशी विकास अपरिहार्य रहेको बताए । उनले काठमाडौँसहित शहरी क्षेत्रका विकास नीतिमा सामाजिक संवेदनशीलता आवश्यक रहेको धारणा व्यक्त गरे ।
आगामी फागुन २१ गते हुने निर्वाचनपछि जनतामुखी सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले आम जनता पार्टीले जनताको आवाज प्रतिनिधित्व गर्ने दाबी गरे ।
“संघर्ष, न्याय र सत्यको पक्षमा उभिनेहरूलाई जनताले साथ दिन्छन् भन्नेमा म विश्वस्त छु,” उनले भने, “जनताको विश्वासका आधारमा देशलाई सही दिशामा लैजानु हाम्रो लक्ष्य हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण