बालेनको प्रचारमा खटिएका पत्रकार सिटौला अछाममा बेहोस, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
शुक्रबार, १६ माघ २०८२, १२ : ३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम गएका एक व्यक्ति बेहोस भएका छन् ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला एक्कासि बेहोस हुँदा टाउकोमा गम्भीर चोट लागेको टोलीका एक सदस्यले जानकारी दिए । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौँको ग्रान्डी हस्पिटल ल्याइँदै छ ।
पेशाले चलचित्र पत्रकार सिटौला बालेनको चुनावी अभियान सुरुदेखि नै हिँडिरहेका छन् । उनी चलचित्र पत्रकार सङ्घको पूर्व अध्यक्ष समेत रहेका छन् । उनी फिल्मी अनलाइन द सिनेमा टाइम्स नेपालका सञ्चालक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण