क्यानडाबाट अलग्गिन ट्रम्पको साथ खोज्दै पृथकतावादी समूह
काठमाडौँ । क्यानडाको अल्बर्टा प्रान्तलाई देशबाट अलग गराउन चाहने एक पृथकतावादी समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग सहयोग मागेको खुलासा भएको छ । यससँगै अमेरिका–क्यानडा सम्बन्धमा नयाँ तनाव पैदा भएको छ ।
‘अल्बर्टा प्रोसपेरिटी प्रोजेक्ट’ नामक उक्त समूहले अल्बर्टाको स्वतन्त्रताका लागि जनमतसंग्रह गराउने अभियान सञ्चालन गरिरहेको छ ।
फाइनान्सियल टाइम्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गत अप्रिलदेखि यस समूहका नेताहरूसँग तीन पटक भेट गरेका छन् ।
स्वतन्त्र अल्बर्टातर्फको ‘सङ्क्रमण’मा सहयोग गर्न अमेरिकी अर्थ मन्त्रालयसँग ५ सय अर्ब डलरको ऋण सुविधा माग्ने योजना रहेको समूहका एक नेताले सामाजिक सञ्जाल एक्समा एउटा पोष्टमा बताएका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पलाई क्यानडाको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका थिए ।
अमेरिकी प्रशासनले विभिन्न नागरिक समूहसँग भेट गर्ने सामान्य प्रक्रिया मात्र भएको र कुनै समर्थन वा प्रतिबद्धता नजनाइएको ह्वाइट हाउसका एक अधिकारीले भनेका छन् ।
तर यस खबरले क्यानडाभित्र यसले आक्रोश जन्माएको छ । छिमेकी प्रान्त ब्रिटिस कोलम्बियाका नेताले यस कदमलाई देशद्रोहसरह भनेका छन् ।
अल्बर्टा पश्चिमी क्यानडाको तेल सम्पन्न प्रान्त हो । यहाँ करिब ५० लाख जनसङ्ख्या छ । क्यानडाको कुल कच्चा तेल उत्पादनको ठुलो हिस्सा यहीँबाट हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण