निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबिचको लडाईं हो : शंकर पाेखरेल
काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले जेनजी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गते भएका घटनाहरू जेनजी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गरे । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबिचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गरे ।
आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबिचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताए । मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण