टी–२० विश्वकप २०२६ का लागि अमेरिकाकाे टोली घोषणा
सारांश
- मोनांक पटेलको कप्तानीमा अमेरिकाले २०२६ को टी-२० विश्वकपका लागि टोली घोषणा गरेको छ ।
- टोलीमा २०२४ संस्करणका १० खेलाडी पुन: समावेश छन्, जसमा एन्ड्रिज गाउस र सौरभ नेत्रावालकर पनि छन् ।
- अमेरिका समूह 'ए' मा छ, जहाँ भारत, पाकिस्तान, नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ । मोनांक पटेलको कप्तानीमा अमेरिकाले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि टोली घोषणा गरेको छ । घोषित टोलीमा २०२४ संस्करणमा खेलेका १० खेलाडी पुनः समावेश भएका छन् ।
अमेरिकाले २०२६ को टी–२० विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । २०२४ मा पहिलो सहभागितामै सुपर–८ चरणसम्म पुगेर अमेरिकाले सबैलाई चकित पारेको थियो ।
टिमको कप्तान मोनांक पटेलसँगै जेस्सी सिंह, एन्ड्रिज गाउस, मिलिन्द कुमार, शायन जहाँगीर, हरमीत सिंह, नोस्थुश केन्जिगे, श्याडली भान स्काल्कवाइक, सौरभ नेत्रावालकर र अली खान २०२६ संस्करणका लागि पनि टोलीमा फर्किएका छन् ।
विकेटकिपर–ब्याटर एन्ड्रिज गाउसले २०२४ संस्करणमा २१९ रन बनाएर टोलीका लागि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने नेत्रावालकरले प्रतियोगितामा सर्वाधिक ६ विकेट लिएका थिए ।
शुभम रञ्जानेले यस आईसीसी प्रतियोगितामार्फत टी–२० अन्तर्राष्ट्रिय डेब्यु गर्ने सम्भावना छ । त्यस्तै मोहम्मद मोहसिन र शिहान जयसूर्याले पनि अमेरिकाका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न सक्नेछन् ।
समूह ‘ए’ मा रहेको अमेरिकाले समूह चरणमा भारत, पाकिस्तान, नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले फेब्रुअरी ७ मा मुम्बईमा भारतविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ ।
अमेरिकाको टोली
मोनांक पटेल (कप्तान), जेस्सी सिंह, एन्ड्रिज गाउस, शिहान जयसूर्या, मिलिन्द कुमार, शायन जहाँगीर, सैतेजा मुक्कामाला, सञ्जय कृष्णमूर्ती, हरमीत सिंह, नोस्थुश केन्जिगे, श्याडली भान स्काल्कवाइक, सौरभ नेत्रावालकर, अली खान, मोहम्मद मोहसिन, शुभम रञ्जाने
अमेरिकाको टी–२० विश्वकप खेल तालिका :
फेब्रुअरी ७ – भारतविरुद्ध अमेरिका, मुम्बई
फेब्रुअरी १० – पाकिस्तानविरुद्ध अमेरिका, कोलम्बो
फेब्रुअरी १३ – नेदरल्यान्ड्सविरुद्ध अमेरिका, चेन्नई
फेब्रुअरी १५ – नामिबियाविरुद्ध अमेरिका, चेन्नई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण