मुटुको नसामा जमेको क्याल्सियम हटाउन नेपालमै पहिलोपटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको सफल प्रयोग
सारांश
- नर्भिक अस्पतालले मुटुको नसामा क्याल्सियम जमेका बिरामीको सफल उपचार गर्यो।
- डा. यादव भट्टको नेतृत्वमा 'अर्बिटल एथेरेक्टोमी' प्रविधि प्रयोग गरी ९९ प्रतिशत ब्लकेज हटाइयो।
- यो प्रविधि नेपालमा पहिलो पटक प्रयोग भएको हो, जसले जटिल मुटुरोगीलाई राहत दिनेछ।
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले मुटुको उपचारमा नयाँ सफलता हात पारेको छ। मुटुको नसामा अत्यधिक क्याल्सियम जमेर अवरुद्ध भएका एक बिरामीको 'अर्बिटल एथेरेक्टोमी प्रविधि' मार्फत सफल उपचार गरिएको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्ट नेतृत्वको टोलीले यो जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।छाती दुख्ने समस्या लिएर अस्पताल आएका ती बिरामीको परीक्षण गर्दा मुटुको नसामा ९९ प्रतिशत ब्लकेज देखिएको थियो।
नसामा क्याल्सियमको मात्रा धेरै भएकाले सामान्य एन्जियोप्लास्टी गर्न असम्भव थियो। यस्तो अवस्थामा क्याल्सियम नहटाई स्टेन्ट राख्न खोज्दा हृदयघातको जोखिम हुने भएपछि चिकित्सकहरूले नयाँ प्रविधि अपनाउने निर्णय गरेका थिए। डा. भट्टका अनुसार यो प्रविधिमा मुटुको नसाभित्र जमेको ढुङ्गाजस्तै कठोर क्याल्सियमलाई मेसिनको सहायताले तासेर निकालिन्छ।
क्याल्सियम सफा गरिसकेपछि मात्र नसामा स्टेन्ट राखिन्छ। नेपालमा सम्भवतः पहिलोपटक प्रयोग गरिएको भनिएको यो 'अर्बिटल एथेरेक्टोमी' प्रक्रियाले जटिल अवस्थाका मुटुरोगीलाई ठूलो राहत दिने देखिएको छ। विशेषगरी मधुमेह, मिर्गौला रोग र बढ्दो उमेरका कारण मुटुको नसामा क्याल्सियम जम्ने समस्या बढी देखिने गर्छ।
मंगलबार अस्पताल भर्ना भएका ती बिरामीको बुधबार क्याथल्याबमा उपचार गरिएको थियो। उपचार टोलीमा डा. भट्टसँगै डा. नग्मा श्रेष्ठ, डा. राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठ सहभागी थिए।
शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको र हाल उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर निगरानी भइरहेको अस्पतालले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण