झापा गोल्डकपको सातौँ संस्करण हुँदै
झापा । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता यही माघ २४ देखि फागुन ४ गतेसम्म भद्रपुरस्थित डोमलाल राजवंशी रङ्गशालामा आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका १० टिमको सहभागिता रहनेछ ।
आज आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार मैदान मर्मत, अस्थायी प्यारापिट निर्माणलगायत अधिकांश तयारी पूरा भइसकेको छभने मञ्च सजावटको काममात्र बाँकी छ ।
अध्यक्ष गिरीका अनुसार प्रतियोगितामा झापा–११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस एफसी, मच्छिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु एफसी भुटान, सिङ्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ एफसी मलेसियाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । अध्यक्ष गिरीका अनुसार फाइनल खेलका उत्कृष्ट खेलाडी तथा अफिसियललाई जनही रु ३५ हजार प्रदान गरिने छभने प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’लाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
यस संस्करणको मुख्य प्रायोजन एग्रो थाई फुड्सको उत्पादन ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ । पत्रकार सम्मेलनकै अवसरमा आयोजक र मुख्य प्रायोजकबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिब रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण