जनतासँग प्रत्यक्ष संवादको थालनी : सन्दीप पुनले सुरु गरे ‘घर–आँगन अभियान’
सारांश
- रुकुम पूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले 'घर–आँगनमा सन्दीप' अभियानको सुरुवात गरे।
- उनले सहिद दिवसको अवसरमा शहीद गेटबाट अभियानको सुरुवात गर्दै जनतासँग भेटघाट र संवाद गर्ने बताए।
- उम्मेदवार पुनले रुकुम पूर्वको समृद्ध भविष्य निर्माणका लागि जनताको समस्या बुझ्ने प्रतिबद्धता जनाए।
रुकुम पूर्व । रुकुम पूर्वको जनयुद्धकालीन ऐतिहासिक स्थल चुनवाङ गैरिगाउँस्थित शहीद गेटबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार सन्दीप पुनले ‘घर–आँगनमा सन्दीप’ अभियानको औपचारिक सुरुवात गरेका छन् ।
शुक्रबार उनले सहिद दिवसको अवसरमा उक्त अभियानको सुरुवात गरेका हुन् । सहिदहरूको स्मृतिलाई शिरमा राख्दै मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत अभियान अघि बढाइएको हो ।
अभियानको उद्घाटन गर्दै उम्मेदवार पुनले जनयुद्धका सपनाहरू, सहिदहरूको बलिदान र जनताको अपेक्षालाई आत्मसात गर्दै रुकुम पूर्वको समृद्ध भविष्य निर्माणका लागि निरन्तर जनतामाझ पुग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले घर–घरमा पुगेर जनजीवनका वास्तविक पीर–मर्का बुझ्ने, सुझाव सङ्कलन गर्ने र समाधानमुखी पहललाई प्राथमिकतामा राख्ने बताए ।
सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै उम्मेदवार पुनले रुकुम पूर्वका मतदाताहरूको साथ–समर्थन रहने पूर्ण विश्वास व्यक्त गरे ।
स्थानीय वासीहरूको उत्साहपूर्ण सहभागिताबिच सुरु भएको यस अभियानले जनप्रतिनिधि र जनताको दूरी घटाउने, जनआवाजलाई नीति तथा कार्यक्रमसँग जोड्ने र विकासका प्राथमिकताहरू निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अभियान आगामी दिनहरूमा रुकुम पूर्वका विभिन्न वडाहरूमा विस्तार हुँदै जाने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण