स्थानीय जनप्रतिनिधिसँग सहकार्य गर्न सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृह सचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित आज काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिएका हुन् ।
उनले धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर मुख्य निर्वाचन अधिकृतसँग भेट गरी निर्वाचनको तयारीबारे जानकारी लिएका थिए ।
सो अवसरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीहरुले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे उनलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण