भोजपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि कन्भेक्स लेन्स राखिँदै
सारांश
- भोजपुरका सडकमा सवारी दुर्घटना कम गर्न कन्भेक्स लेन्स जडान सुरु भयो।
- क्लब अध्यक्षका अनुसार, चालकलाई मोडमा सहजताका लागि लेन्स राखिएको हो।
- पहिलो चरणमा हिले भोजपुर र पुष्पलाल राजमार्गमा लेन्स जडान गरियो।
भोजपुर । सवारी दुर्घटनाको दर कम गराउने उद्देश्यले भोजपुरका प्रमुख सडकमा कन्भेक्स लेन्स राख्न सुरु गरिएको छ । सडक दुर्घटनाको जोखिम घटाउने उद्देश्यले विभिन्न स्थानका घुम्ती तथा मोडहरूमा कन्भेक्स लेन्स जडान सुरु गरिएको हो ।
बिहानी फुटबल क्लबको पहलमा अभियानका रूपमा कन्भेक्स लेन्स जडान सुरु गरिएको क्लबका अध्यक्ष बिकल श्रेष्ठले बताए । “सडकमा कन्भेक्स लेन्स राखिँदा चालकले मोड पछाडिको भाग सहजै देख्न सक्ने छन् । यस्तो लेन्सले दुई दिशाबाट आउने सवारीसाधनलाई स्पष्ट रूपमा देखाउन सहयोग पुग्ने भएकाले यो अभियानले सहजता हुनेछ”, उनले भने ।
यस कार्यमा ट्राफिक प्रहरी कार्यालय भोजपुरले सहकार्य गरेको छ । सहयोगी दाताहरूको पहलमा सडक क्षेत्रमा राखिएका लेन्सको सहायताले सवारी दुर्घटनामा कमी आउने भएकाले आफूहरूले अभियान सुरु गरेको अध्यक्ष श्रेष्ठले धारणा राखे ।
उनका अनुसार भोजपुर नगरपालिका–३ गुप्तेस्वरको सेती बगर हुँदै वडा नं ४ दावा बलौटे, सेरा खोला घुम्ती, वडा नं ५ मसिने बेसी, वडा नं ६ प्रगति चोक, जिल्ला अस्पताल घुम्ती, वडा नं १२ टक्सारको सल्ला घारी घुम्तीलगायत क्षेत्रका सडकमा कन्भेक्स लेन्स जडान गरिसकिएको छ । हिले भोजपुर नारदमणि थुलुङ सहायक राजमार्ग र पुष्पलाल मध्य पहाडी राजमार्गका विभिन्न क्षेत्रमा पहिलो चरणमा कन्भेक्स लेन्स जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विशेष गरी तीव्र मोड तथा घुम्तीहरूमा ठुला दुर्घटना हुने जोखिम रहेकाले यसको रोकथाममा लेन्स प्रभावकारी हुने यातायात व्यवसायी मायालु मोक्तानले बताए । स्थानीयले यो कार्यलाई जनचेतनामूलक अभियानसँगै यातायात सुरक्षामा आधुनिक उपकरणको प्रयोगका रूपमा बुझेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण