रोहित शेट्टीको घरबाहिर चार राउन्ड फायरिङ, बलिउडमा पुनः त्रास
सारांश
- बलिउड निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर अज्ञात समूहले गोली चलाएको छ।
- घटना शनिबार राति करिब ३ बजे भएको थियो, जसमा चार राउन्ड गोली चलेको बताइएको छ।
- प्रहरीले आक्रमणकारीको पहिचानका लागि सीसीटीभी फुटेज संकलन गरिरहेको छ।
मुम्बई । बलिउडका चर्चित एक्सन फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर शनिबार राति गोली चलेको छ। जुहु क्षेत्रमा रहेको उनको निवासबाहिर अज्ञात समूहले चार राउन्ड फायरिङ गरेपछि बलिउड क्षेत्रमा पुनः त्रास फैलिएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै मुम्बई प्रहरी र फरेन्सिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन्। प्रहरीका अनुसार यो घटना शनिबार राति करिब ३ बजे भएको हो। अज्ञात आक्रमणकारीले गोली चलाएर फरार भएपछि अहिले शेट्टीको घर र जुहु क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
यो क्षेत्रमा बलिउडका अन्य धेरै सेलिब्रिटीहरूको समेत बसोबास छ। अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन र आक्रमणको उद्देश्य पनि खुल्न सकेको छैन। प्रहरीले आक्रमणकारीको पहिचानका लागि नजिकैका सीसीटीभी फुटेजहरू संकलन गरिरहेको छ।
बलिउड सेलिब्रिटीहरूलाई लक्षित गरी भएका यस्ता घटना यो पहिलो भने होइन। यसअघि कमेडियन तथा अभिनेता कपिल शर्माको क्यानडास्थित क्याफेमा तीन पटक गोली प्रहार भइसकेको छ। लरेन्स बिश्नोई ग्याङले सो आक्रमणको जिम्मेवारी लिँदै कपिललाई धम्की समेत दिएको थियो।
यस्तै, अभिनेता सलमान खानलाई पनि पटक-पटक ज्यान मार्ने धम्की आइरहेको छ। गत अप्रिलमा मुम्बईको वर्लीस्थित यातायात विभागमा अज्ञात व्यक्तिले ह्वाट्सएप म्यासेज पठाएर सलमानको कारलाई बमले उडाइदिने र घरमै छिरेर मार्ने धम्की दिएका थिए।
सन् २०२४ अप्रिल १४ मा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली चलेको थियो, जसको जिम्मेवारी लरेन्स ग्याङले नै लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण