डा.भोला रिजालले ल्याए राष्ट्रिय भावकाे नयाँ गीत ‘अन्धकार पन्छाएर’
सारांश
- डा. भोला रिजालको शब्द रहेको राष्ट्रिय भावको गीत 'अन्धकार पन्छाएर' सार्वजनिक भएको छ।
- शिव परियारको स्वर र शंकर थापा स्माइलको संगीत रहेको गीतमा वरिष्ठ कलाकारहरूको अभिनय छ।
- देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर तयार पारिएको गीतले देश विकासमा लाग्न सन्देश दिन्छ।
काठमाडौँ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्द रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ ।
वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा.नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठ लगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायाङ्कन गरेका हुन् ।
देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक भएको गीत निकै सशक्त जागरण गीत रहेको छ । हामीहरू फुटेर होइन जुटेर अघि बढौँ भन्ने धारणाले यो राष्ट्र भावको गीत ल्याएको डा.रिजालले बताए । ‘गीतले देश विकासमा जुट्न र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गर्छ’ डा.रिजालले भने ।
डा.भोलाका यसअघि ‘म मान्दिन जात र धर्म कसैको’, ‘मेरो पौवा पाटी’, ‘मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखेँ, भागेर भए पनि आऊ’ जस्ता दर्जनौँ हिट गीत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण