शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकले ल्यायो 'गोल्ड लोन' योजना, ५० लाखसम्म कर्जा पाइने

आइतबार, १८ माघ २०८२, १६ : ३८
आइतबार, १८ माघ २०८२

सारांश

  • एनआईसी एशिया बैंकले ग्राहकका लागि सस्तो ब्याजदरमा 'गोल्ड लोन' योजना सार्वजनिक गरेको छ।
  • यस योजना अन्तर्गत सुन धितो राखेर ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ।
  • बैंकले कर्जा प्रक्रियालाई सरल बनाउन 'कर्जा सहायता केन्द्र' स्थापना गरेको छ।

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकका लागि सस्तो ब्याजदरमा नयाँ 'गोल्ड लोन' योजना सार्वजनिक गरेको छ। बैंकले समयसापेक्ष ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै सुन तथा सुनका गरगहना धितो राखेर लिन सकिने यो कर्जा योजना ल्याएको हो।

यस योजना अन्तर्गत ग्राहकले सुनको बार वा गरगहना धितो राखेर ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। बैंकले औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी प्रतिस्पर्धी ब्याजदरमा यो ऋण उपलब्ध गराउने जनाएको छ। 

ग्राहकले आफूले राखेको धितोको बजार मूल्य अनुसार अधिकतम ७० देखि ८० प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन्। यसका साथै नयाँ गरगहना खरिद गर्न चाहनेका लागि समेत बैंकले कर्जा दिने व्यवस्था मिलाएको छ।

बैंकका अनुसार यो कर्जा सुविधा तोकिएका विभिन्न शाखाहरूबाट सहजै प्राप्त गर्न सकिनेछ। कर्जा प्रक्रियालाई थप सरल बनाउन र ग्राहकका जिज्ञासा एवं गुनासोलाई तत्काल सम्बोधन गर्न बैंकले एकद्वार प्रणाली अन्तर्गत 'कर्जा सहायता केन्द्र' समेत स्थापना गरेको बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप